त्रिकोणात्मक एकदिवसीय सिरिज आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो । यस जितसँगै स्कटल्याण्ड शीर्ष स्थानमा उक्लिएको छ । नेपालले स्कटल्याण्डलाई जितका लागि एक सय ३८ रनको लक्ष्य दिएको थियो । जवाफमा स्कटल्याण्डले ३२ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।
स्कटल्याण्डका क्रिस्टोफर मिकब्राइडले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ४७ बलमा सात चौकासहित ४३ रनको योगदान दिएका हुन् । त्यस्तै ब्रेन्डन म्याकमलन ३२ रनमा अविजित रहे भने माइकल लिस्कले २२ रन बनाए । ओपनर जर्ज मुन्शेले १७ रन जोड्दा म्याथ्यु क्रसले १३ रन बनाए ।
नेपालका ललितनारायण राजवंशी, गुलशन झा र सागर ढकालले समान दुई–दुई विकेट लिए ।
