जितको खुशी बाड्न टोल – टोलमा पुग्दै प्रकाश

नेपाली काङ्ग्रेसका नव निर्बाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवा

धनगढी । नेपाली काङ्ग्रेसका नव निर्बाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवा आफ्नो जितको खुशी बाड्न यति बेला जनताहरुको घर- घरमा पुगिरहेका छन् ।

निर्वाचित भएपछि नेताहरु फर्केर हेर्दैनन् भन्न्ने जनताको गुनासोलाई उनले गलत सबित गरेका हुन् । प्रकाश टोल-टोलमा पुगेर आजभोलि धन्यवाद ज्ञापन मै व्यस्त छन् ।

जनताहरुलाई धन्यवाद दिन ,धनगढी उपमहानगरपालिका ०१ पुगेका देउवाले भने ‘ यहाँहरुले यो क्षेत्रको बिकास , समृद्व र सुशासन का लागी दिएको मतदान लाई उच्च कदर गर्दै यहाँलाई धन्यवाद दिन र यो क्षेत्रका समस्या र गुनासो सुन्न घरदैलो अभियानमै छु,यहाँहरुले दिनुभएको यो उर्जाको लागी हार्दिक धन्यवाद ‘।

Gaurishankar Dental

मङ्सिर ४ अगाडि जसरी मुस्कान सहित सालिन तरिकाले उनि घरदैलो अभियानमा थिए ,अहिले जितपछि पनि त्यही चमक बर्करार राख्दै आभार व्यक्त गर्न घर – घरमा पुगिरहेका छन् ।

निर्वाचनका बेला र अहिले खासगरी उनी युवाहरुका पृय मानिएका छन् । साथै उनलाई जिताउनेहरुले यो क्षेत्रको समृद्धि र विकासको लागि निकै आशा समेत बोकेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर- ५ को प्रदेशसभा २ मा प्रकाशबहादुर देउवाले दमदार जित निकालेका थिए। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार देउवा ९ हजार ५९१ मत ल्याउँदै विजयी भएका हुन्।

Loading...