Skin_Hospital_Dhn

फिफा विश्वकप: थिएरी हेनरीको रेकड तोड्दै ओलिभर जिरूडले आफ्नो नाममा लेखाए नयाँ कीर्तिमान

कतारमा जारी फिफा विश्वकप अन्तिम—१६ को खेलमा आज (आइतबार) साबिक विजेता फ्रान्सले पोल्यान्डविरुद्धको पहिलो हाफमा १—० को अग्रता बनाएको छ ।

कतारको अल थुमामाअ रंगशालामा जारी खेलको पहिलो हाफमा अधिकांश समय बलमा पकड बनाएको फ्रान्सका लागि ओलिभर जिरूडले ४४औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । किलियन एमबाप्पेले बनाएको मौकालाई सदुपयोग गर्दै जिरूडले फ्रान्सलाई अग्रता दिलाएका थिए।

जिरूडले यो गोलसँगै फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । जिरूडको यो ५२औँ अन्तर्राष्ट्रिय गोल हो । यसअघि थिएरी हेनरीले ५१ गोल गर्दै फ्रान्सबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए ।

विश्वकपमा फ्रान्स समूह ‘डी’ को विजेताको रूपमा र पोल्यान्ड समूह ‘सी’ को उपविजेताको रूपमा अन्तिम—१६ मा प्रवेश गरेका हुन् ।

सम्बन्धित
Loading...