Skin_Hospital_Dhn

निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा मृत अवस्थामा

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।

सम्बन्धित
Loading...