सुदूरपश्चिममा पहिलो पटक कैलाली ट्राफिकले सुरु गर्यो इलेक्ट्रिक स्कुटर दर्ता प्रणाली ,हाल सम्म कति भए दर्ता ?
धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पहिलो पटक इलेक्ट्रिक स्कुटर दर्ता प्रक्रियाको अभियान सुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यातायात व्यवस्था कार्यालय सेती सँग समन्वय गरी जिल्लामा पहिलो पटक इलेक्ट्रिक स्कुटर दर्ता प्रक्रियाको अभियान सुरु गरेको हो ।
यस अघि कैलाली जिल्लामा बिना दर्ता तथा बिना नम्बर प्लेटका इलेक्ट्रिक स्कुटर सञ्चालनमा आएकोमा उक्त सवारी साधनको दर्ता प्रक्रिया तथा नम्बर प्लेट समेत नहुँदा दुर्घटना गराउने र भाग्ने ( HIT AND RUN ) र करको दायरामा समेत नआउने प्रवृत्ति भएको हुँदा यस अघिनै दर्ता गर्न हुन भनी सम्बन्धित सवारी धनी, शोरुम सम्बद्ध व्यवसायीलाई अनुरोध गरिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको अनुरोधमा हाल सम्म ३५ (पैतिस) थान इलेक्ट्रिक स्कुटर दर्ता भई सकेको र अन्य दर्ता प्रक्रियामा रहेको, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
जिल्ला भरी दर्ता नभएका साधनलाई नियन्त्रणमा लिने कार्य भइरहेकोमा वैधानिक तवर बाट भित्रिएका सवारी साधनलाई दर्ता प्रक्रियामा पठाइने तथा अवैधानिक भन्सार छली भित्रिएका इलेक्ट्रिक स्कुटरलाई कानुनी कारवाहीको लागी भन्सार कार्यालय पठाइने निरीक्षक सिंहले बताए ।