Skin_Hospital_Dhn

माया लुहारका हत्या अभियुक्त सार्वजनिक

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीय माया लुहारका हत्या अभियुक्तलाई सार्वजनिक गरेको छ । शिवनाथ गाउँपालिका ४ का भरत राम कोलीलाई सार्वजनिक गरेको हो ।
कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान महेन्द्रनगर बसपार्कबाट बाट पक्राउ गरेको थियो । उनी पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत थिए ।

कोलीलाई जिल्ला प्रहरी कार्यालय बैतडीले प्रारम्भिक अनुसन्धान गरी हत्यामा संलग्न रहेको भनी सार्वजनिक गरेको हो । कोलीको मृतक माया सँग प्रेम सम्बन्ध रहेको र मृतकको कसै अरू सँग पनि प्रेम सम्बन्ध रहेको आशङ्कामा विवाद गरी अनेक लालछना लगाई धारिलो हतियार चक्कु प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम व शाहीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

निज अभियुक्त उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ र दफा १८३ अन्तर्गत ज्यान मार्न नियत नहुने र ज्यानमार्ने उद्योग अन्तर्गत अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान गर्ने पत्रकार सम्मेलनमा जानकारी गराए ।
कोलीले गत १३ गते साँझ धारिलो हतियारले घाँटी रेटेर मायाको हत्या गरेको आरोप छ । मायासँगै रहेकी उनकी भदै नेहा घाइते छिन । घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित
Loading...