Skin_Hospital_Dhn

भारत महाकाली नदीको विवादित क्षेत्रमा काम रोक्न भयो सहमत

भारतले दार्चुलाको महाकाली नदीमा निर्माण गर्दै गरेको संरचनाको विवाद क्षेत्रमा निर्माण गर्न रोकेको छ।

नेपालीहरुको तिब्र दबाबपछि नदीको बहाव नेपाल तर्फ धकेलेर बनाइरहेको निर्माणको काममा विवाद भएका ठाउँमा नगर्ने भारत सहमत भएको हो । तत्कालको लागि विवादीत संरचना निर्माणको काम रोकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। नेपाली नागरिकको आन्दोलनपछि नदीको बहाउ नेपालतर्फ धकेलेर भारतले निर्माण थालेको पक्की संरचनाको काम रोकिएको हो।

दुवै देशका अधिकारीहरुको छलफलपछि हाललाई संरचना निर्माण कार्य रोकिएको दार्चुला प्रमुख जिल्ला अधिकारी दीघराज उपाध्यायले बताए । ‘विवाद भएको ठाउँमा तत्काल काम नगर्ने र अन्य क्षेत्रमा काम अघि बढाउने सहमति भएको छ’ उनले भने ।

आइतबार भारतीय पक्षले नदीको बहाउ नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेपछि नेपालीले त्यसको प्रतिकार गरेका थिए। विरोधपछि निमार्ण कार्य तत्कालका लागि रोकिएको हो। ढुङ्गा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए। स्थानीयले झोलुङ्गे पुलको प्रवेश द्धारमा ताला लगाएर आवतजावत बन्द गरीएको थियो।

सम्बन्धित
Loading...