Skin_Hospital_Dhn

लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ

धनगढी । कैलालीमा ४ जना लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–७ रामपुरका रामशरण चौधरीको घरबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्रामसहित ४ जना पक्राउ परेका हुन्।

डिएसपी बेदप्रकाश जोशीका अनुसार धनगढी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय रोशन शाह समेत ४ जनालाई सोमबार हिजो राति प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारेको थियो। लागूऔषधसहित पक्राउ परेकामाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित
Loading...