Skin_Hospital_Dhn

तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने, यी तिन प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने

काठमाडौँ ।
आज मुुलुकको अधिकांश भू—भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ । साथै तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहे पनि सक्रिय नहुँदा गर्मी बढेको हो । महाशाखाकाअनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशका पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू—भागका ‍एक—दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनेछ ।

राती भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू—भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Loading...