आइपीओ निष्काशन गर्नको लागि शिखर पावर डेभलपमेन्ट लिमिटेडले बिक्रि प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।
शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन्।
कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य १ सय रुपैयाँ दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो। कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ ।
संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।
कम्पनीले बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिकास्थित “भिमखोला साना जलविद्युत आयोजना ९ ४.९६ मे.वा.आयोजना निर्माण गरिरहेको छ।
