
धनगढी ।
कैलालीमा पूजा गर्नलाई जलाएको दियोबाट आगो सल्किन गई आगलागी हुँदा साठी हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका ०१ कि मन कामीको एक तले एक कोठे घरमा आगलागी हुँदा उक्त रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।

प्रहरीका अनुसार हिजो (शनिवार) राती बर्दगोरिया गाउँपालिका वडा नं. ०१ बस्ने ६७ वर्षकी मन कामीको एक तले एक कोठे टिनले छाएको घरमा पूजा गर्नलाई जलाएको दियोबाट आगो सल्किन गई आगलागी हुँदा लत्ताकपडा, भाँडाकुँडा लगायत अन्दाजी ६०,००० रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको हो ।

प्रहरीले र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिई उक्त आगलागी सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
