देशभर चिसो बढ्यो, तराईमा हुस्सु पहाडमा बदलीको सम्भावना
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भू—भागमा आंशिक बदली छ। केही दिनयता देशभर चिसो बढेको छ भने तराईमा हुस्सु देखिन थालेको छ ।
दिउँसो गण्डकीका पहाडी भू—भाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
राति बागमती र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ ।
बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भू—भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ।
देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।