
धनगढी । फुटबल विश्वकपको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।
गएराति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।


यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।
शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्नेछन्।
फ्रान्स र इंग्ल्याण्ड तेस्रो क्वार्टर फाइनलमा खेल्दा तथा अन्तिममा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।
