

धनगढी । बैतडीको जयपृथ्वी राजमार्गमा जिप दुर्घटनामा परेको छ । बझाङ्को बुंगलबाट खोडपेतर्फ आउदै गरेको से १ च १२२६ नम्वरमको जीप जयपृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर नजिकै दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी चालकसहित चार जना घाइते भएका छन् । जिप सडकबाट करिब २ सय मिटर तल खसेको घटनास्थलमा रहनु भएका स्थानीय हिक्मत चन्दले जानकारी दिए । घाइतेहरुको उद्धार गरिरहेको उनले बताए ।
