भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा सालोको मृत्यु

Gaurishankar Dental

धनगढी । कैलालीमा भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा सालोको मृत्यु भएको छ। भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए। हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो।

हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते छन्। घाइते जयराजलाई कोहलपुरको अस्पताल लगिएको छ। घटना मंगलबार बेलुकी करिब ९ बजेतिरको हो। हँसिया प्रहार गर्ने ढुंगाना घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...