Skin_Hospital_Dhn

एक बर्ष अवधीमा युवा नेता नागरीद्धारा ३६०० घरपरिवारलाइ राहत वितरण

नेपाल परिवार दलका सुदुरपश्चिम संयोजक समेत रहेका खडक नागरीले असाहय, गरिब, बिद्यार्थी तथा प्राकृतीक बिपत्तीमा परेकालाई सहयोग गर्दै आएका छन्। युवा नेता तथा समाजसेवी नागरीले एक बर्ष अवधीमा ३६०० घरपरिवारलाइ राहत वितरण गरेको बताएका छन् । उनले आफ्नो जन्मदिन मनाएको बर्षदिनसम्मको अवधीमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३६०० घरपरिवारलाइ सहयोग र राहत वितरण गरीएको बताए ।

उनले पछिल्लो एक बर्ष अवधीमा असाहय, गरिब,दिनदुखी, एकल महिला, बृद्ध, कोरोना, भुकम्प पिडितलाई खाद्यान्न, ब्लाङ्केट तथा राहात बितरण, बिद्यार्थीलाई शैक्षीक सामाग्री बितरण,कोरोनाको समय लगायत अन्य समयमा बिमारीलाई उपचारमा राहात दिइएको बताए । यस्तै गर्मीमा झुल, तथा प्राकृतीक बिपत्तीमा परेका गरी ३६०० घरपरिवारलाइ राहत वितरण गरीएको हो ।

आफुले नेपाल परिवार दल लगायत बिभिन्न सहयोगी सँस्थाको सहकार्यमा सुदुरपश्चिमका बिभिन्न जिल्लामा पुगी पिडीतलाई राहात तथा खाद्यान्न बितरण गरिएको जानकारी दिए।

उनले भने, जाडोयाम देखी गर्मी यामसम्म ब्लाङ्केट तथा झुल बितरण तथा बिद्यार्थीहरु कपि कलम झोला बितरण, बाढी पहिरो डुवान, भुकम्प पिडितलाई खाद्यवस्तुमा र बिमारी बृद्धाहरुलाइ उपचार प्रदान गरिएको छ । उनका अनुसार एक बर्षको अवधीमा कैलालीको धनगढी वडा नम्बर १, २,३,५ र १६ मा, गोदावरी नगरपालिका ६,७ र १२ तथा टिकापुर नगरपालिका ५, ६ मा, घोडाघोडी नगरपालिका ४र८ मा, कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ मा खाद्यान्न, बलाङकेट, औषधी तथा बिद्यार्थीहरुलाई कपि कलम झोला लगायतकासामग्री वितरण गरिएको छ । यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका वडा न ८, १२ मा, बैतडीको पुर्चौडी नगरपालिका ४ मा, दार्चुलाको शैल्यशिखर नगरपालिका ४ तथा डोटीको सायल गाउँपालिका वडा नम्बर ४ मा पनी सोही सामाग्री बितरण गरिएका छन् ।

सम्बन्धित
Loading...