नामिबियासंग नेपाल ८६ रनले पराजित

नामिबियाले नेपाललाई ८६ रनले पराजित गरेको छ। विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय शृंखलाअन्तर्गत बुधबारको खेलमा नेपाल १९ बल अगावै १८९ रन बनाएर आलआउट हुन पुग्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रन बनाए। त्यसबाहेक दीपेन्द्र सिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३०, अर्जुन साउदले २९, आरिफ शेखले १८ र ललित राजबंशीले ११ रन बनाए।

त्यसअघि निर्धारित ओभर खेलेको नामिबियाले २७५ रन बनाएको थियो। नामिबियाका लागि माइकल भेन लिंगेनले सतक बनाए। उनले ११९ रन बनाए भने गर्हार्डले ५३ र जन निकोलले ४० रन बनाए।

नामिबियासँगको पहिलो खेल भने वर्षाका कारण नतिजाविहीन बनेको थियो।

सम्बन्धित
Loading...