तराईमा हुस्सु हिमाली क्षेत्रमा बाक्लो हिमपात
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ को पहाडी भू—भागका थोरै स्थानमा आंशिक बदली रहेको छ।
दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भू—भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भू—भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ।
शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ। हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ।