सालाको हत्या गर्ने भिनाजुले प्रहरीमा आत्मसमर्पण गरे

धनगढी । कैलालीको जोशिपूर ६ मा हसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले आत्मसमर्पण गरेका छन् । जोशीपुर गाउँपालिका ६ का ढुङगाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

Gaurishankar Dental

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

मंगलबार जोशीपुर गाउपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहार गरेर ढुङगानाले हत्या गरेको प्रहरीले जनाएको छ ।

हसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । जयराजको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...