भोको पेटले क्रान्ति गर्न कहाँ सक्छ ?
कहाली लाग्दो जीवन यात्रा कसले बुझ्न सक्छ ?
ऋण माथि ऋण थपिँदै छ जीवन जिउन गाह्रो भाछ ।
साहुको ऋण तिर्न नसकेर बिल्लिबाठ भको छ ।
पसिना चुहाएर पनि पेट भरी खान पाएको छैन ।
भोको पेट कसरी बाच्ने सहारा कोही छैन ।
गरिबीको कथा कहानी पनि बेग्लै छन् ।
गरिबिको कारण रोजगारको लागि बिदेसिएका छन् ।
गरिबले निःशुल्क औषधि कहाँ पाउँछौँ ?
गरिबीले छोराछोरीलाई कसरी पढाउछौ ?
गरिब सँग पैसा छैन आफ्नो औषधि उपचार गर्न ।
किन्न सक्दैन गरिबले सिटामोल पनि पाउँदैन ।
सोच्न त सोचे एक सानो झुपडी बनाउला ।
पैसा कमाएर साहुको ऋण तिरौला ।
अभावै अभावमा जिन्दगी बितेको छ ।
क्रान्ति गर्यौ भन्छौ गरिब झन् गरिब नै छ ।
देशमा नारा जुलुस लगाएर के गरेको छौ ।
नारा मात्र लगाएर देशलाई के दिएका छौ ।
भोको पेटले क्रान्ति गर्न कहाँ सक्छ ?
कहानी लाग्दो जीवन यात्रा कसले बुझ्न सक्छ ?
