

धनगढी ।
कैलालीको एक घरमा आगलागी भएको छ । जिल्लाको धनगढी उप—महानगरपालिका ११ बेलाताल स्थित ४९ वर्षीय प्रेम प्रसाद भट्टको काठले बनेको २ तले २ कोठे कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।
हिजो (बिहीबार) साँझ भएको आगलागीबाट अन्दाजी २०,००० रुपैयाँ बराबरको अन्नपात, लुगा कपडा र काठ पात लगायतका सामानहरू जली जली नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयहरूको सहयोगमा नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
