Skin_Hospital_Dhn

गजलः “साथ”

मंसिर २२ ,धनगढी ।

तिमि थियौ म थिएँ बात अर्कै थियो ।
मन मिल्थ्यो कुरा मिल्थ्यो मात अर्कै थियो ।।

कुरा हुन्थे बिचित्रका सपना अर्कै थियो ।
चरित्रका घेरा बुन्ने दुनियाँ अर्कै थियो ।।

स्वच्छ सफा मन लाई एकैछिनमा धमिल्याउने ।
भविष्यको लक्ष तथा धन अन्तै थियो ।।

भावनाका कुरा लाई प्राप्ति संग तौल्न खोज्ने ।
असहिष्णु रुढिबादी जमात अर्कै थियो ।।

लक्षण,गुण दाँजि दाँजि समानताको आधारमा ।
सम्बन्ध त्यो गाँस्न खोज्ने समाज अर्कै थियो ।।

अहंकारको कसिमा पाउने गुमाउने प्रतिस्पर्धा ।
के पायौ तिमिले के गुमाँए मैले हिसाब अर्कै थियो ।।

तिमि थियौ म थिएँ बात अर्कै थियो ।
मन मिल्थ्यो कुरा मिल्थ्यो साथ अर्कै थियो ।।

Loading...