धनगढी ।
तराई क्षेत्रमा हुस्सु र कुहिरो दिन प्रतिदिन बढी रहेको छ । देशभर चिसो बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भएपनि दिउँसो प्रदेश नं.१ र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली र बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू—भागमा आंशिक बदली र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
