
धनगढी ।
राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् परियोजना र पञ्चेश्वर परियोजनाको काम चाँडै सुुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । बिहीबार आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको र चाँडै काम सुुरु हुने बताउनुभयो ।
कैलाली उधोग बाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको १६औ संस्करण उद्घाटन गर्दै देउवाले यहाँका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताउनुभयो। पश्चिम सेतीमा भारतीय कम्पनीले लाइसेन्स लिइसकेको भन्दै देउवाले अब अवश्य पुरा हुँदै पञ्चेश्वर र पश्चिम सेती बनेमा सुदूरपश्चिमको समग्र विकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

‘पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको छ । त्यो भरपर्दो कम्पनी छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो‚ ‘आउने भइसक्या छ ।’देउवाले पञ्चेश्वरको काम पनि चाँँडै सुरु हुने बताउनुभयो । लुुम्बिनी भ्रमणमा आएका बेला र आफू भारत भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्रीले पञ्चेश्वरको विकासमा चासो राखेको उहाँले बताउनुभयो । ‘पश्चिम सेती आउनेछ‚ पञ्चेश्वर पनि आउनेछ,’ उहाले भन्नुभयो‚ ‘डडेलधुरा र सुदूरपश्चिमको विकास हुनेछ ।’

उहानले गौरिफन्टा सीमा नाका व्यवस्थापन तथा स्तरोन्नतिका लागि भारत सरकारसँग कुरा गरेको बताउनुभएको छ । उहाले भन्नुभयो‚ ‘यसअघि पनि कुरा गरेको छु र फेरि पनि कुरा गर्छु,’ उहाले भभन्नुभयो‚ ‘भारतबाट सहयोग हुने विश्वास गरेको छु ।’
महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका देउवालाई १५ किलोको माला लगाइएको छ। १५ बुँदे मागसहित देउवालाई १५ किलोको माला लगाइएको कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ।
२१ बुँदे मागबाट सुरु भएको महोत्सवमा यस वर्ष भने प्रमुख अतिथि देउवालाई १५ किलोको माला लगाइएको हो । २१ बुँदाबाट केही माग पुरा भईसकेकाले मालाको तौल घटाइएको बताइएको छ।
जसमा प्रदेशको गौरीफण्टा, धनगढी विमानस्थल स्तरोन्नति, औद्योगिक ग्राम स्थापना, मानसरोवर जोड्ने सडक, आईटी हब लगायतका मागहरु रहेका छन्। वर्सेनी सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गर्ने गर्दछ। यसपालि महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।
