नेपाल परिवार दलका युवा नेता नागरीद्धारा देवपुर क्लबलाई १२ थान फुटबल जर्सी वितरण

नेपाल परिवार दलका युवा नेता खडक नागरीले १२ थान फुटबल जर्सी वितरण गरेका छन्।

धनगढी। नेपाल परिवार दलका युवा नेता खडक नागरीले १२ थान फुटबल जर्सी वितरण गरेका छन्।
धनगढी उपमहानगरपालिका वडा न ११ को देवपुर युवा क्लबलाई नागरीले १२ थान फुटबल जर्सी वितरण गरेका हुन्।

Kanun123

एक कार्यक्रमका बिच १२ थान जर्सी नेता नागरीले क्लवका उपाध्यक्ष भोजराज भट्टलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा क्लवका सदस्य सिद्धराज भट्ट, नेपाल परिवार दलका वडा अध्यक्ष कुलदिप मिश्र र पिस फोर्स नेपालका केन्द्रीय सदस्य अजय जैरुको सहभागीता रहेको थियो।

क्लवका उपाध्यक्ष भट्टले खुसि ब्यक्त गर्दै क्लबलाई यसरी कसैले पनि सहयोग नगरेको बताए। फुटबल जर्सी वितरण गरी सहयोग गरेकोमा परिवार दलका नेता खडक नागरीलाई धन्यवाद ब्यक्त गरेका छन्। यस्तै परिवार दलका नेता खडक नागरीले सहयोग गर्दा खुसी लागेको बताए । साथै उनले आफुले आगामी दिनमा सक्दो सहयोग गर्ने बाचा समेत गरेका छन्।

देवपुर युवा क्लब यहीमङ्सिर २८ गते फुटबल प्रतियोगिता आयोजना गर्ने क्रममा रहेको क्लवका सचिव दुर्गा भट्टले बताएका छन् ।

Kailali_mahotsab
Loading...