धनगढीको कैलाली अस्पतालमा पहिलोपटक ५७ बर्षिेय पुरुषको टाउकोको सफल अप्ररेशन

धनगढीको कैलाली अस्पतालमा पहिलोपटक टाउकोको सल्यक्रिया सफल भएको छ ।

मंसिर २३, धनगढी । धनगढीको कैलाली अस्पतालमा पहिलोपटक टाउकोको सल्यक्रिया (अप्ररेशन) सफल भएको छ ।
धनगढी उपमहानगरपालिका को वडा नं १ मा अवस्थित कैलाली अस्पताल प्रा.लि. मा पहिलोपटक टाउकोको सफल सल्यक्रिया भएको हो ।

कैलाली अस्पतालका एम.बि.बि.एस.एम.एस.(जनरल सर्जरी) मष्तिष्क,मेरुदण्ड,नशा रोग बिशेषज्ञ डा. बिकेश खम्बु श्रेष्ठ द्धारा झलारी ६ कन्चनपुरका ५७ बर्षिेय ए.के लुहारको सफल सल्यक्रिया भएको अस्पतालले जनाएको छ । दुईतिन महिना अगाडि डा.को सम्पर्क मा आउदा अचेत अवस्थामा आएका बिरामि को सि.टि स्क्यान गर्दा दिमाग मा पानि जम्मा भएको थियो ।

यस किसिमका बिरामीको समयमै समस्याको पहिचान गरीएमा सजिलै उपचार गर्न सकिने सम्स्या जटिलै भएपनि समयमै सल्यक्रीया कक्षमा लगिए ५० देखी ८० प्रतिशत निको हुने एम.बि.बि.एस.एम.एस.(जनरल सर्जरी) मष्तिष्क,मेरुदण्ड,नशा रोग बिशेषज्ञ डा. बिकेश खम्बु श्रेष्ठले बताए ।

बिगत तिन महिना यता टिउमरका बिरामी, प्रेसरका कारण नसा फुटेरका समस्याहरु आइरहेको र टिउमरको बिरामिहरु सुरुमा वास्ता नगर्ने समस्या जटील भएपछी अस्पताल आउने भएकाले सहजै पहिचान गर्न गाह्रो हुने डा. श्रेष्ठले बताए ।

अहिले बिरामीलाइ बारम्बार सम्पर्क गरीरहेको र उनको स्वास्थ्यामा पहिलेको तुलनामा धेरै सुधार भैसकेको अस्पतालले जनाएको छ ।

Loading...