Skin_Hospital_Dhn

धनगढीको मुख्य पिडा मानिएको डुबान समस्या हटाउन मेयर हमाल द्धारा एक अर्ब ४५ करोड बजेट माग

धनगढीको मुख्य पिडा मानिएको डुबान समस्या हटाउन बजेट माग गरिएको छ ।

धनगढी ।  धनगढीको मुख्य पिडा मानिएको डुबान समस्या हटाउन बजेट माग गरिएको छ । धनगढी-मोहनापुल छ लेन सडकका कारण हुने डुबान समस्या हटाउन उपमहानगरपालिकाले बजेट माग गरेको हो।

डुबान समस्या समाधानका लागि डिपिआएर अनुसार काम सुरू गर्न बजेट माग गरिएको हो। संघीय सरकारसँग एक अर्ब ४५ करोड रुपैयाँ माग गरिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए ।

वडा नम्बर १३ को उत्तरी सिमानादेखि मोहनापुलसम्म वडा नम्बर २, ३ र ४ समेतमा छ लेन सडक दायाँ-बायाँ डुबान समस्या समाधानका लागि डिपिआएर तयार भएको छ। तयार गरिएको डिपिआएर महाकाली पुल योजना कार्यालय कञ्चनपुरबाट उपमहानगरले प्राप्त गरेको छ। यस्तै प्रारम्भिक प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आवश्यक बजेटका लागि पेस समेत गरिएको छ।

Loading...