धनगढी । कतारमा जारी विश्वकप फुटबलमा अन्तरगत पहिलो क्वाटरफाइनल खेलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।
आजको खेल जित्दै अन्तिम चारमा पुग्ने दुवै टोलीको योजना छ । राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो । ब्राजिलले दक्षिण कोरियालाई हराएको थियो ।