काठमाडौंः गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (सोमबार) मनाङेलाई मन्त्री बनाएका हुन् ।
एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका मनाङेलाई समेत समेटेर मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मनाङेले मन्त्री पाउने आशाले नै नेकपा एस परित्याग गरेको बुझिएको छ ।
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । मनाङले आजै साढे ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने तयारी रहेको छ ।