Skin_Hospital_Dhn

अविनाशको अभिनयमा ‘तिमी नभए’ सार्वजनिक [हेर्नुस् भिडिओसहित]

धनगढी: मोडल अविनाश थापा काजीको अभिनय रहेको म्यूजिक भिडिओ ‘तिमी नभए’ सार्वजनिक भएको छ। बिहीबार अविनाश थापा अफिसियल युट्युब च्यानमार्फत् उक्त भिडिओ सार्वजनिक भएको हो।

भरत ताम्राकारको आवज रहेको उक्त म्यूजिक भिडिओमा थापासँगै लक्ष्मी नेपालीको अभिनय छ। उक्त भिडिओमा अविनाशले निर्देशन गरेका छन्।

डीबी राजकाल (उपेन्द्र) को शब्द रहेको गीतमा देव पुनको लय तथा रमेश सेन्चुरीको एरेन्ज रहेको छ। जहित बूढाले छायांकन गरेको भिडिओको सम्पादन पदमराज जोशीले गरेका छन्।

मोडलिङमा जमिरहेका अविनाशले कैयन् म्यूजिक भिडिओमा अभिनय गरिसकेका छन्। बझाङको खप्तड छन्ना गाउँपालिका–४ का थापा हल भारतको बैंग्लोरमा बस्दै आएका छन्। उनीसँग ६ वर्षको मोडलिङ अनुभव छ। उनले हालसम्म डेढ दर्जन बढी गीतमा मोडलिङ गरिसकेका छन्।

सम्बन्धित
Loading...