आगलागीबाट डोटीमा एक घर जलेर नष्ट

Gaurishankar Dental

डोटीः आगलागीबाट डोटीमा एक घर जलेर नष्ट भएको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका-१ लोली स्थित जोगेनी बि.क.को २ तले कच्ची घर भित्र चुलोमा बालेको आगोबाट मंगलवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडा बर्तन लगायतका सामान गरि अन्दाजी २ लाख ९४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उक्त आगलागीबाट मानबिय/चौपाया क्षती नभएको तथा आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...