वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौं: वेस्टइन्डिज एले चौथो टी-२० खेलमा घरेलु टोली नेपाललाई २१० रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो ।

Gaurishankar Dental

आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८४ रन बनाए । फबिएन एलेन १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रनमा नट आउट रहे । जोनसन चार्ल्स ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रनमा आउट भए । उनले तेस्रो खेलमा ११९ रनको शतकीय इनिङ खेलेका थिए ।

ओपनर एलिक एथानाजेलाई प्रतिश जि.सीले ५ रनमा आउट गरेका थिए । त्यसपछि जोनसन चाल्र्स र आन्द्रे फ्लेचरले ९२ रनको साझेदारी गरेका थिए । चार्ल्स कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । त्यसपछि आएका केसी कार्टी भने १० बलमा ४ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिँदा प्रतिश जिसीले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट हात पारे।

सम्बन्धित
Loading...