फोर एच नेपालको एक वर्षे ‘नेपाल मन्थन’ अभियानको थालनी

काठमाडौं: फोर एच नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा संस्थाले नेपाल मन्थन राष्ट्रिय अभियान थालनी गरेको छ।

संस्थाका अध्यक्ष लोकराज अवस्थीका अनुसार नेपाल मन्थन अभियान यो वर्षभरी सञ्चालन गरिनेछ। उनले अभयिान १० हजार भन्दाबढी युवासम्म पुग्ने जानकारी दिए।

Gaurishankar Dental

अभियानको शुभारम्भ समारोहमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, कोशी प्रदेशका पूर्व उपाध्यक्ष एव वरिस्ठ अधिकारकर्मी सुवोधराज प्याकुरेल, कृषि वैज्ञानिक डा.देवेन्द्र गौचन, अर्थविज्ञ अनिलकाजी बस्नेत र सञ्चारविज्ञ शिव लम्साललगायतकाले नेपाल मन्थनको औत्यिताको बारेमा धारणा व्यक्त गरेका थिए।

नेपाल मन्थन कार्यक्रम जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता, युवा नेतृत्व विकासलगायत क्षेत्रमा अभियान सञ्चालन गरिने संस्थाका अध्यक्ष अवस्थीले जानकारी दिए। उनले अभियानले युवा, महिला, पछिपारिएका समुदाय विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी तथा दलित समुदायलाई लक्षित गरिनेसमेत जनाए।

नेपाल मन्थन अभियनाअन्तर्गत यही असार पहिलो साता राष्ट्रिय युवा–विद्यार्थी कृषि सम्मेलन चितवनको कृषि तथा वन विश्वविद्यालयमा आयोजना गरिने संस्थाकी कार्यसमिति सदस्य मुना काप्रीले जानकारी दिइन्।

कार्यक्रममा देशभरीका सबै विश्वविद्यालयहरूबाट लगभग २ सय युवा विद्यार्थीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ। यो कार्यक्रम २ दिनसम्म सञ्चालन र युवा, कृषि, जलवायु परिवर्तन तथा नीति निर्माणमा युवाको सहभागिता लगायतका विषयमा मन्थन गरिने काप्रीले बताइन्।

सम्बन्धित
Loading...